Nov 05 2026 | २०८३ कार्तिक २० गते

चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक

चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । पोखराको हरिचोक–याम्दी सडकखण्ड चार लेनमा विस्तार भएको छ । चार वर्ष लगाएर स्तरोन्नति गरिएको यो सडक फराकिलो पारेर कालोपत्रे र लाइन मार्किङपछि अहिले निकै आकर्षक देखिएको छ।

    २.२ किलोमिटर दूरीको यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैअन्तर्गत पर्छ । समयमै काम नसकिएपछि स्थानीयसहित पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्नेले निकै सास्ती भोग्नुपरेको थियो।०८१ साल असार १५ (राष्ट्रिय धान दिवस)मा स्थानीयले सडकमै धान रोपेर विरोध गरेका थिए।

    images

    मोतिदान कन्स्ट्रक्सन सेवा प्रा।लि।ले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो।दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा तीनपटक म्याद थप भएपछि यो वर्ष काम सकिएको हो।

    ०८१ साउनसम्म काम नसकिएपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो । ठेकेदारलाई पछिल्लो पटक ०८३ वैशाख मसान्तसम्मको समयावधि दिइएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार