काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहको सञ्चारतर्फका एसपी ई.दामोदर कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
इन्जिनियरिङ उप समूहको सञ्चारतर्फ रिक्त पदमा कँडेललाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ। प्राविधिक तर्फका अरू ९ जना अधिकृतहरूलाई पनि बढुवा सिफारिस गरिएको छ।



