Nov 05 2026 | २०८३ कार्तिक २० गते

बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो

बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । बागमती प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन्।सत्ता गठबन्धनबाटबाट एमाले अलग भएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ३ जना विना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।

    मुख्यमन्त्री बानियाँले प्रदेशको ८ मन्त्रालय मध्ये रिक्त रहेका ३ मन्त्रालयमा मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्। कांग्रेसका विना विभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।

    images

    मुख्यमन्त्री बानियाँको क्याविनेटमा यसअघि कांग्रेसका ३ मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन्।कांग्रेसबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ जिम्मेवारीमा रहेका छन्।

    मुख्यमन्त्री बानियाँले उक्त कार्य विभाजन सहित प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन्।बुधबार मात्र एमालेका ६ मन्त्रीहरूले पदबाट राजीनामा गरेर सरकारको समर्थन फिर्ता गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार