Nov 05 2026 | २०८३ कार्तिक २० गते

आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ

आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । प्रहरीले आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको नक्कली उत्पादन गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली तेलको गोदाममा छापा मारेर ठुलो परिमाणमा तेल पनि बरामद गरेको छ।

    काठमाडौँको कलङ्की, बागबजार र ललितपुरको टीकाथलीमा छापा मारेर नक्कली तेल र प्याकिङ कभर बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । पक्राउ पर्नेमा प्युठान घर भएका रामप्रसाद पोखरेल, ताप्लेजुङको खेवाङ घर भएका आइतमान ताम्लिङ लिम्बु र उनका भाइ बुद्धिमान ताम्लिङ लिम्बुसहित ५ जना छन्।

    images

    दुखाई निको हुने भन्दै मसाज गर्न आयुर्वेदिक तेल प्रयोग गरिन्छ । प्रहरीले नक्कली सिल्भर वार्म थेरापी तेल र जाइफल मिश्रित तेल पनि बरामद गरेको छ । आरोपीहरूमाथि कालोबजारी र उपभोक्ता संरक्षण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिए।

    अनुसन्धान कार्यालयको टोलीले बागबजारबाट छाप्दै गरेको अवस्थामा नक्कली तेलमा प्रयोग गरिने करिब ५० हजार पिस कभर बरामद गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार