Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं-नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो।

    images

    यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    १० ग्राम चाँदीको मूल्य ३ हजार ८६३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ३ हजार ८४१ रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार