Nov 05 2026 | २०८३ कार्तिक २० गते

आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैनः नेता साउद

आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैनः नेता साउद

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म नेपाली काँग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गरेका छन्।

    बीपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकतावद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरेका छन्।

    images

    संस्थापन इतर समूहमा रहेका नेता–कार्यकर्ताहरू कसैका ‘लाश र दास’ नभई नेपाली काँग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गरेका छन् । मुलुकका विद्यमान चुनौतीहरूको सामना गर्न पार्टीलाई बलियो र एकतावद्ध बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले यसका लागि संस्थापन पक्षले नै अभिभावकीय भुमिका र अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्।

    पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र संघर्ष गरेका पुराना नेता–कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उनको तर्क छ।

    उनले भने, ‘ निर्वाचन आयोगको निर्णय र अदालतले विषेश महाधिवेशनलाई मान्यता दिने निर्णय गरेपनि जबसम्म राजनीतिक रूपमा विशेष अधिवेशनमा भाग लिने कांग्रेस र नलिने कांग्रेसलाई एक बनाएर अगाडि बढ्न सक्दैनौँ तबसम्म मुलुकका चुनौतीहरूलाई नेपाली कांग्रेस सामना गर्न सक्दैन । मुलुकको चुनौतीहरूलाई सामना गर्ने शक्तिशाली मियो नेपाली कांग्रेस बन्न सक्दैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार