Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुकुम्बासीलाई जग्गा उनीहरूकै जिल्लामा

सुकुम्बासीलाई जग्गा उनीहरूकै जिल्लामा

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौंका विभिन्न होल्डिङ्ग सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरुलाई जग्गा वितरणको प्रक्रिया शुरु भएको छ । कहीँ–कतै जग्गा नभेटिएकालाई सरकारले उनीहरुकै गृहजिल्लामा जग्गा वितरण गर्न लागेको हो । पहिलो चरणमा २९ जनालाई जग्गा बाँडिदैछ । 

    रेडक्रस तालिम केन्द्र, राधास्वामी सत्संग, खानेपानी तालिम केन्द्रमा आश्रय लिइरहेका ती २९ जनालाई तत्कालै आफ्नो पालिका जान भन्दै भूमि व्यवस्था समाधान समितिले सूचना जारी गरेको छ ।

    images

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासीहरुको जग्गा खोजतलास गरेको थियो । 

    मन्त्रालयले जग्गा नभेटिएका सुकुम्बासीहरुको विवरण असार २९ गते समितिलाई पठाएको हो । समितिले उनीहरुलाई जग्गा उपलब्ध गराउनका निम्ति सम्बन्धित जिल्ला समिति र पालिकामा पत्राचार गरिसकेको छ । समितिले ती सुकुम्बासीलाई तुरुन्तै पालिका पुगेर सम्पर्क गर्न सूचित गराएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार