काठमाडौँ । गत निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार चक्रे मिलन (मिलन गुरुङ्ग) राजावादी बनेका छन् । राजा ल्याउन चलाइएको ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ अभियानमा उनले पनि हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका हुन् ।
उनले हस्ताक्षर गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै एक जनाले लेखेका छन्,‘राजाको पक्षमा हस्ताक्षर गर्दै मिलन गुरुङ्ग (चक्रे) काका ।’ अपराधिक पृष्ठभूमिका चक्रे मिलनलाई एमालेले फागुन २१ गतेको निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनाएको थियो ।
तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकाटीसँग पराजय भएका हुन् । उनीमाथि केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, लागुऔषध, गुण्डागर्दी, अभद्र व्यवहारलगायतको मुद्दा चलेको थियो ।



