Nov 05 2026 | २०८३ कार्तिक २० गते

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सरकारले भन्यो- तत्काल गृहजिल्ला र पालिकामा जानू

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सरकारले भन्यो- तत्काल गृहजिल्ला र पालिकामा जानू

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला जान भनेको छ। बुधबार भूमि समस्या समाधान समितिले सूचना जारी गरी होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नो गृहजिल्लामा सम्पर्क गर्न भनेको छ।

    सूचनामा भनिएको छ, ‘लाभग्राहीहरूको डिजिटल विवरणअनुसार तयार भएका निवेदन फारम र संलगन कागजातहरू समेतको पीडीएफ फाइल तयार गरी आवश्यक कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला समितिमा लेखी पठाई सकेको हुँदा सम्बन्धित जिल्ला समिति र पालिकामा यथाशिघ्र सम्पर्क गर्न जानुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।’

    images

    पहिलो चरणमा सरकारले २९ जना सुकुम्वासीको नाम सार्वजनिक गरेको छ। काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका उनीहरूको नाममा कतै पनि जग्गा नदेखिएको उल्लेख गरेको छ।उनीहरूलाई जग्गा उपलब्ध गराइने समितिले जनाएको छ। त्यसका लागि सम्बन्धित जिल्लामा गएर सम्पर्क गर्न भनेको छ।

    सरकारले गत वैशाखमा काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो। सुकुम्वासीलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। अहिले पनि होल्डिङ सेन्टरमै रहेका उनीहरूलाई अब सम्बन्धित जिल्लामै जान भनेको हो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार