काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला) समूहको वीपी स्मृति दिवसको कार्यक्रम तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भएको छ।बुधबार प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रमका लागि समूहले पूर्व महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाएको थियो।
कार्यक्रमको उद्घाटन संयोजक सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्।उनीहरूले कार्यक्रमको उद्घाटन गरेपछि बिरुवामा पानी पनि हालेका थिए।समूहले ‘संवाद, सहमति र एकता – आजको आवश्यकता’ विषयक स्मृति सभा कार्यक्रम गरिरहेको छ।



