Nov 05 2026 | २०८३ कार्तिक २० गते

ओली–प्रचण्डबीच भेटवार्तामा के भयो कुरा ?

ओली–प्रचण्डबीच भेटवार्तामा के भयो कुरा ?

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । भेटमादुई नेताबीच प्रदेश सरकारमा सम्भावित सहकार्यसँगै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यसैबीच एमालेका सचिव महेश बस्नेतले दुई नेताबीचको छलफलबारे थप प्रष्ट पारेका छन् ।

    ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ,’ बस्नेतले भनेका छन्, ‘यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्न सकोस्। ’

    images

    उनले दुई नेताबीचको छलफलले वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा पनि व्यक्ति गरेका छन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार