Nov 05 2026 | २०८३ कार्तिक २० गते

सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान

सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर–१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर साउन ४ मा सलिना श्रेष्ठले ज्यान गुमाइन् । दोलखा घर भएर चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा बस्दै आएकी सलिना आफ्ना साथीहरूसँग सो गेस्ट हाउसमा गएकी थिइन् । उनी गेस्ट हाउसको तेस्रो तलाबाट खसेकी हुन्।

    प्रहरीले उनीसँगै गेस्ट हाउसमा गएका ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा २३ वर्षीय समीर तामाङ, २० वर्षीया रोजा तामाङ, २१ वर्षीय हिमाल तामाङ र १९ वर्षीया कोपिला तामाङ छन्।

    images

    १८ वर्षीया सलिनालाई योजनाबद्ध धकेलेर खसालिएको हो वा उनी आफैं खसेकी हुन् भन्नेबारे यकिन भएको छैन । शवको पोष्टमार्टम गरेपछि मृत्युको कारण खुल्ने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले बताए। शव पोष्टमार्टमका लागि दुवाकोट स्थित केएमसी अस्पतालमा राखिएको छ । डीएसपी कार्कीले भने, ‘मृतक कसरी खसेकी हुन् भन्ने यकिन भएको छैन।’

    पक्राउ परेकाहरूमाथि प्रहरीले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धान गर्दै जाँदा हत्या पुष्टि नभएमा मुद्दा परिवर्तन गरिने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सलिनासँगै गेष्टहाउमा गएकाहरूले मादक पदार्थ सेवन गरेको भेटिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार