Nov 05 2026 | २०८३ कार्तिक २० गते

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन्।

    शिक्षा मन्त्रालयमा मंगलबार अपराह्न ४ बजेका लागि निजी विद्यालय सञ्चालकहरूलाई बोलाइएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ।बैठकमा शिक्षामा ३ प्रतिशत कर हटाइएको विषयसहित समसामयिक विषयमा छलफल हुने सचिवालयको भनाइ छ।

    images

    छलफलमा प्याप्सन, एनप्याब्सन, हिसानसहितका निजी विद्यालय सञ्चालक प्रतिनिधिलाई बोलाइएको छ।प्याब्सनमा महासचिव आरबी कटुवालले  शिक्षा समता करसहित समसामियक विषयमा छलफलका लागि भनेर जानकारी प्राप्त भएको बताए।उनका अनुसार हरेक संस्थाका ३/३ जना प्रतिनिधिलाई मन्त्रालयमा आउन भनिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार