Nov 05 2026 | २०८३ कार्तिक २० गते

सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू

सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा पार्टी संयन्त्रसँग समन्वय गर्न निर्देशन दिएको छ।मंगलबार महामन्त्री विपिन कुमार आचार्यले पाँच बुँदे निर्देशन जारी गर्दै पार्टीले बोकेको सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिच जीवन्त संवाद अपरिहार्य भएको बताएको छ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बोकेको सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिचको जीवन्त संवाद अपरिहार्य छ।

    images

    निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, सङ्गठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्‌को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ’, विज्ञप्तिमा भनिएको छ।

    सांसदहरूको प्रभावकारी भूमिका र पार्टी सङ्गठनको चुस्तता एक–अर्काका पूरक भएको र सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्‍याउनेछ र जनताप्रतिको हाम्रो जवाफदेहितालाई थप कसिलो बनाउनेछ‌ भन्ने  कुरा मनन गर्न समेत दिशानिर्देशन दिएको छ।

    751437405_1712021463387876_4931832998782435707_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार