Nov 05 2026 | २०८३ कार्तिक २० गते

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ।सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए।

    आव २०८१/८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारवाहीबाट रु दुई करोड ५१ लाख १९ हजार ५०२ राजस्व सङ्कलन गरेको थियो।त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२/८३ मा भएको एक हजार २० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनमा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने एक हजार ६७६ जना घाइते भए।

    images

    अघिल्लो आव २०८१÷८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्युु भएको थियो । ती घटनामा एक हजार ५५४ घाइते भएका थिए।सडक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक बर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताए।पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार