Nov 05 2026 | २०८३ कार्तिक २० गते

हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा रोक: हिन्दू सम्राट सेनासँग धकेलाधकेल, दर्शन नगरी फर्किए

हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा रोक: हिन्दू सम्राट सेनासँग धकेलाधकेल, दर्शन नगरी फर्किए

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । जनकपुरधाम श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरानका मेयर हर्क साम्पाङलाई जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर भ्रमणका क्रममा आइतबार विरोध र तनावको सामना गर्नुपरेको छ। हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूको चर्को विरोध र मन्दिर परिसरमा धकेलाधकेलको स्थिति सिर्जना भएपछि साम्पाङले दर्शन नै नगरी फर्किनुपरेको छ।

    साम्पाङ आफ्ना समर्थकसहित आइतबार बिहान करिब ११ बजे जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम तय भएको थियो। तर, उनी मन्दिर पुग्नुअगावै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूबीच मन्दिर परिसरमै भनाभन र धकेलाधकेल सुरु भएको थियो।

    images

    हिन्दू सम्राट सेनाले साम्पाङमाथि ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी यसअघि नै दिएको थियो। सोही घोषणाका कारण मन्दिर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

    जनकपुरधाम- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरानका मेयर हर्क साम्पाङलाई जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर भ्रमणका क्रममा आइतबार विरोध र तनावको सामना गर्नुपरेको छ। हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूको चर्को विरोध र मन्दिर परिसरमा धकेलाधकेलको स्थिति सिर्जना भएपछि साम्पाङले दर्शन नै नगरी फर्किनुपरेको छ।

    साम्पाङ आफ्ना समर्थकसहित आइतबार बिहान करिब ११ बजे जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम तय भएको थियो। तर, उनी मन्दिर पुग्नुअगावै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूबीच मन्दिर परिसरमै भनाभन र धकेलाधकेल सुरु भएको थियो। हिन्दू सम्राट सेनाले साम्पाङमाथि ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी यसअघि नै दिएको थियो। सोही घोषणाका कारण मन्दिर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुई पक्षबीच सम्भावित झडप र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेशमा रोक लगाइएको हो। विवाद चर्किन थालेपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाएको जनाएको छ। मन्दिर दर्शन नगरी फर्किनुपरेपछि हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

    उनले जनकपुरमा तनावको स्थिति सिर्जना हुँदा समेत गृहमन्त्रीको फोन अफ रहेको भन्दै प्रतिक्रिया दिएका हुन्। घटनापछि केहीबेर मन्दिर परिसरमा तनावपूर्ण वातावरण बने पनि हाल सुरक्षा सतर्कता बढाएर स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार