Nov 05 2026 | २०८३ कार्तिक २० गते

बौद्ध गेट नजिकै एक महिलाले गरिन् आत्मदाह प्रयास

बौद्ध गेट नजिकै एक महिलाले गरिन् आत्मदाह प्रयास

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौंको बौद्धगेट नजिकै एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन्। सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका-६ बौद्ध गेट नजिकै एक जना महिलाले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    काभ्रे घर भई गोकर्णेश्वरको माकलबारी बस्ने २७ वर्षीय सालु गुरूङले आफैंमाथि पेट्रोल छर्केर आगो लगाएकी हुन्। उनी र उनका श्रीमानले मिलेर खाजा पसल संचालन गर्दै आएका थिए। 

    images

    श्रीमानसँग विवाद भएपछि उनले खाजा घर पछाडि रहेको पार्किङमा पुगेर शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। श्रीमानले फेला पारेपछि आगो निभाएर सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा लगिएको थियो।

    त्यहाँबाट थप उपचारको लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको छाती, अनुहार र दुबै हातमा जलन भएको छ। एसपी भट्टराईका अनुसार उनको शरीरमा आगोले ५० प्रतिशत जलन भएको छ। घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ। पछिल्लो समय आत्मदाहकै घटनाले तीन जनाको ज्यान गइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार