Nov 05 2026 | २०८३ कार्तिक २० गते

सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?

सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबारका लागि जारी गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार आज दिउँसो र राति अधिकांश सरहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि हल्का वर्षाको सम्भावना छ।पोखरामा आज दिउँसो र राति दुवै समयमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने र वर्षाको सम्भावना ८० प्रतिशत रहेको छ। पोखराको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान छ।

    काठमाडौँमा दिउँसो र राति नै मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको ६० प्रतिशत सम्भावना छ। काठमाडौँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ।नेपालगन्ज, भैरहवा, दिपायल र जनकपुरमा दिउँसोको अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। तराईका सहरहरूमा दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम तथा हल्का वर्षाको सम्भावना ४० प्रतिशत छ। धनगढीमा भने रातिको समयमा वर्षाको सम्भावना बढेर ६० प्रतिशत पुग्नेछ।

    images

    विराटनगर र धरानमा दिउँसो वर्षाको सम्भावना ६० प्रतिशत रहे पनि राति ४० प्रतिशतमा झर्नेछ। ती क्षेत्रको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस रहनेछ। हिमाली तथा पहाडी क्षेत्रहरू जोमसोम, जुम्ला, जिरी, ओखलढुङ्गा, डडेलधुरा, घोराही, धनकुटा र ताप्लेजुङ्गमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम तथा हल्का वर्षाको सम्भावना ४० देखि ६० प्रतिशतसम्म छ।

    मौसम पूर्वानुमान अनुसार अधिकांश सहरहरूमा वर्षा र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    748311555_1691150465435237_696772679074547510_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार