Nov 05 2026 | २०८३ कार्तिक २० गते

बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा युवतीको शव भेटिएको छ।

    कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए।

    images

    सुनुवार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन् । सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार