Nov 05 2026 | २०८३ कार्तिक २० गते

राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द

राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द

आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, चितवनले लगातारको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै आज (साउन ३ गते) राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै चितवनसहित धादिङ र आसपासका जिल्लामा वर्षा जारी रहने तथा जोखिम बढ्न सक्ने मौसम पूर्वानुमानका आधारमा यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो।

    images

    जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, वैकल्पिक योजना बनाउन तथा प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ।

    आवश्यक जानकारी, समन्वय तथा उद्धार सम्बन्धी सहयोगका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४), जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्ला प्रहरी कार्यालय, चितवनमा सम्पर्क गर्न सकिने जनाइएको छ।

    749084704_1960745981166830_514669487598690656_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार