Nov 05 2026 | २०८३ कार्तिक २० गते

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति

आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

    आइतबार जारी प्रेस विज्ञप्तिमा विभागले सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको छ।

    images

    विभागले जिम्मेवार जनप्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमा विपरीत रहेको उल्लेख गर्दै शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गरी सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ।

    विज्ञप्तिमा उचित सम्बोधन र क्षमायाचना नआए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिइएको छ।

    साथै, विभागले आफ्ना समर्थक तथा शुभेच्छुकलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन आग्रह गरेको छ। उक्त विज्ञप्तिमा प्रवास नेपाली सम्पर्क विभाग, जापानका अध्यक्ष दीपक केसी र सहसचिव फणिन्द्र शर्मा सुवेदीको हस्ताक्षर रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार