काठमाडौँ । नेकपा एमालेका उपमहसचिव योगेश भट्टराईले अहिले प्रदेश सरकार फेरबदल गर्न उचित नहुने बताएका छन् । साथै उनले कार्यकालको अन्तिम समयमा प्रदेश सरकारहरूको फेरबदल गर्ने कुरा कसले र किन गरेको हो ? भन्दै प्रश्न गरेका छन्।
‘कार्यकालको अन्तिम तीर रहेका प्रदेश सरकारहरूको फेरबदल उचित होइन । किन, कसले र केका लागि यो गरिरहेको छ ? यसको खोजीनिती हुनु पर्दछ’, नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले अस्थिरता र सत्ता लोलुपतालाई नै प्रकट गरेको छ।’
पूर्वमन्त्री समेत रहेका भट्टराईले हिजो जनस्तरमा पुराना दल र पुरानो नेतृत्वको बारेमा जेजे टिप्पणी भएका थिए प्रदेश सरकार फेरबदल गर्ने पार्टीहरूको अहिलेको तयारी र काम÷कारबाहीले त्यहीँ धारणालाई बल पुर्याइरहेको पनि बताएका छन्।
‘यस्तो परिस्थितिमा पार्टीको बैठक बसेर सामूहिक निष्कर्षका साथ अघि बढ्नुपर्ने हो तर पारा उही पुरानै छ’, भट्टराईले नेतृत्वप्रति प्रश्न गरेका छन्।



