Nov 05 2026 | २०८३ कार्तिक २० गते

वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार

वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार

शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले नजिकै रहेको ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर एक जनामाथि खुकुरी प्रहार भएको छ।

    उक्त घटनामा वीरेन्द्रनगर नगरपालिका–४, कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    images

    गएराति १० बजेतिर दोहोरी साँझको बाहिरतिर सामान्य विवादमा ४ जनाको समूहले शाहीमाथि खुकरी प्रहार गरेका थिए।

    ‘उहाँको टाउकोमा चोट लागेको र उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पठाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराले भने, ‘हाल घाइतेको अवस्था मध्यम रहेको छ।’

    धारिलो हतियार प्रहार गर्ने ३ जनालाई १ थान खुकुरीसहित नियन्त्रणमा लिएको पन उनले बताए।

    पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका—९ का १९ वर्षीय रोशन शाही, पञ्चपुरी नगरपालिका–८ का १८ वर्षीय भरत बोगटी, १६ वर्षीय सुमन नेपाली रहेका छन्।

    यस्तै सोही नगरपालिका ५ का २६ वर्षीय हरिष रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ।

    उनको खोजी कार्य भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार