Nov 05 2026 | २०८३ कार्तिक २० गते

सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल

सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल

मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ । राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ।

    मंगलबार राखिएको लेखा समितिको बैठकमा बोल्ने सदस्यहरूले अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि यो विषयमा छलफल नै नभएको हो । योसँगै समितिको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

    images

    आजको बैठकमा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो सांसदले अदालतमा विचाराधीन विषय भएकोले छलफलको एजेन्डा परिवर्तन गर्न माग गरेका थिए । सांसद गणेश पराजुलीले राहदानीको विषय विशेष अदालतमा रहेको र यो न्यायिक परीक्षणको विषय भएकोले यो एजेन्डालाई छोडेर अन्य विषयमा छलफल गर्न आग्रह गरे ।

    उनले यो विषय कर्मचारी मात्रै नभएर राजनीतिक स्वार्थको विषय समेत भएकोले सबै विषयको निरूपण अदालतबाट हुनुपर्ने र न्यायालयप्रति आफूहरूको विश्वास रहेको बताए । अर्की सांसद क्रान्तिशिखा धितालले पनि राहदानीको विषयमा छलफल गर्ने उपयुक्त समय नभएको भन्दै विविध विषयमा प्रवेश गर्न माग गरिन् ।

    अन्य सांसदहरूले समेत समितिको गरिमा र यसअघिका योगदानलाई विचार गर्दै अदालतमा विचाराधीन मुद्दामा राखिएको छलफल रोक्न माग गरेका थिए । योसँगै सभापति भरतबहादुर खड्काले बैठक स्थगित गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार