Nov 05 2026 | २०८३ कार्तिक २० गते

चोरी भएका ५१ वटा स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण

चोरी भएका ५१ वटा स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले खोजी गरेर धनीलाई हस्तान्तरण गरेको छ । सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले अनुसन्धानबाट फेला परेका दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

    पछिल्लो १ महिनाको अवधिमा ५१ वटा दुईपांग्रे सवारी साधन फेला परेको एसएसपी काफ्लेले बताए । उनले भने, ‘हामीले विशेष अभियान सुरु गरेर चोरी भएका मोटरसाइकलको खोजी तीव्र बनाएका छौँ ।’

    images

    ट्राफिक प्रहरीले सो अवधिमा ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर खोजी गरेर फेला पारेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार