Nov 05 2026 | २०८३ कार्तिक २० गते

टिकटकर तुलसा अधिकारीको बयान न्यायाधीश गौतमको इजलासमा

टिकटकर तुलसा अधिकारीको बयान न्यायाधीश गौतमको इजलासमा

मंगलवार, जेठ १९ २०८३
  • काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीको बयान आज लिइने भएको छ ।

    ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान लिइने भएको हो ।

    images

    अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ ।

    एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।   

     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार