Nov 05 2026 | २०८३ कार्तिक २० गते

अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

आइतवार, जेठ १७ २०८३
  • काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा आएकी छन् ।

    रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी हुन् । १३ चैतमा वालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

    images

    अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छिन् ।

    उनले नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व-सहभागीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    भ्रमणका क्रममा उनले पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषअन्तर्गतका सातवटा सम्पदा स्थलहरूको अवलोकन गर्ने छिन ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार