Nov 05 2026 | २०८३ कार्तिक २० गते

बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति, प्रधानमन्त्रीको मात्रै ३९ लाखले वृद्धि

बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति, प्रधानमन्त्रीको मात्रै ३९ लाखले वृद्धि

आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ । बजेटमा गरिएको सुनको भन्सार वृद्धिसम्बन्धी निर्णयले क्याबिनेटका १५ मन्त्रीको सम्पत्ति झन्डै डेढ करोड रुपैयाँले बढेको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेखित सुनको मात्राले सो बराबरको सम्पत्ति बढेको देखाएको हो । 

    केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा हाल कायम रहेका मन्त्रीहरूसँग ७१०.५० तोला सुन रहेको देखाइएको छ । शुक्रबार आएको बजेटपछि आज आइतबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको छ । यो हिसाबले हेर्दा मन्त्रीहरूको सम्पत्ति कुल १ करोड ४५ लाख ६५ हजार रुपैयाँले बढेको देखिन्छ ।

    images

    यसमध्ये सबैभन्दा धेरै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कै देखिएको छ । उनको मात्रै ३८ लाख ९५ हजार रुपैयाँ बराबरको सम्पत्ति बढेको छ । त्यस्तै उद्योग मन्त्री गौरीकुमारी यादवको ३६ लाख ९० हजार रुपैयाँ बराबरको सम्पत्ति बढेको देखिन्छ । 

    रामजी यादवको १६ लाख ४० हजार तथा अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति ९ लाख २२ हजार ५०० रुपैयाँले बढेको देखिन्छ । 

    बजेटमा सुनको भन्सार दर दोब्बर पुर्‍याइएको छ । यसअघि १० प्रतिशत रहेको सो दर बढाएर २० प्रतिशत पुर्‍याइएको हो । त्यस्तै, अन्तिम उपभोक्ताको मूल्यमा ०.५ प्रतिशतले हुन आउने रकम सिप अभिवृद्धि महसुलको रूपमा समेत थप गरिएको छ । 

    यो वृद्धिसँगै आइतबार सुनको प्रतितोला मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । 

    कसको कति बढ्यो सुनको मूल्य ?

    क्र.सं.

    नाम

    सुनको मात्रा (तोला)

    बढेको रकम (रु.)

    १

    बालेन शाह

    १९०

    ३८,९५,०००

    २

    स्वर्णिम वाग्ले

    ४५

    ९,२२,५००

    ३

    शिशिर खनाल

    २२

    ४,५१,०००

    ४

    विराजभक्त श्रेष्ठ

    १५

    ३,०७,५००

    ५

    सुनिल लम्साल

    ३०

    ६,१५,०००

    ६

    सोबिता गौतम

    १५

    ३,०७,५००

    ७

    सिता वादी

    १८

    ३,६९,०००

    ८

    प्रतिभा रावल

    २५

    ५,१२,५००

    ९

    निशा मेहता

    ३०

    ६,१५,०००

    १०

    सस्मित पोखरेल

    २५

    ५,१२,५००

    ११

    खड्कराज पौडेल

    ११

    २,२५,५००

    १२

    विक्रम तिमिल्सिना

    १९.५

    ३,९९,७५०

    १३

    गिता चौधरी

    ५

    १,०२,५००

    १४

    गौरीकुमारी यादव

    १८०

    ३६,९०,०००

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार