Nov 05 2026 | २०८३ कार्तिक २० गते

सर्वोच्च अदालतले भन्यो– ‘गोला प्रक्रिया’ हटाउनेबारे छलफल भएको छैन

सर्वोच्च अदालतले भन्यो– ‘गोला प्रक्रिया’ हटाउनेबारे छलफल भएको छैन

बुधवार, जेठ १३ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’  हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको बताएको छ ।

    सर्वोच्च अदालतले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्पबारे भइरहेका चर्चा र समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताएको हो । 

    images

    “दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाका बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा समेत नरहेको जानकारी गराउँछौँ, सर्वोच्च प्रशासनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित त्यस्ता समाचारहरू तथ्यमा आधारित नभएको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह  समेत गरेको छ । 

    विगत केही समयदेखि ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ बमोजिम मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको छ । यो प्रणाली न्यायालयमा हुन सक्ने सम्भावित चलखेल रोक्न र पारदर्शिता कायम गर्न लागू गरिएको हो।

    706675991_996606842743739_3117918090419401702_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार