Nov 05 2026 | २०८३ कार्तिक २० गते

बजेट भाषणका लागि सङ्घीय संसद् भवनमा धमाधम तयारी

बजेट भाषणका लागि सङ्घीय संसद् भवनमा धमाधम तयारी

मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ । आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्ने समय नजिकिएसँगै सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक कक्षको तयारी तीव्र पारिएको छ। 

    सरकारले जेठ १५ गते संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद् सचिवालयले प्राविधिक, भौतिक तथा व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्‍याएको हो। 

    images

    बजेट भाषणको विशेष दिनका लागि नयाँ संसद् भवनको  प्रतिनिधिसभा बैठक कक्षलाई आकर्षक र व्यवस्थित बनाउने काम भइरहेको छ। बजेट प्रस्तुत हुने दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरू एउटै हलमा बस्नुपर्ने भएकाले प्रतिनिधिसभा बैठक कक्षमा सिट व्यवस्थापन र आवश्यक अतिरिक्त कुर्सीहरूको व्यवस्था मिलाइँदै छ। 

    यसका साथै, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी व्यवसायी तथा सञ्चारकर्मीहरूको ठुलो उपस्थिति रहने भएकाले दर्शक दीर्घा र अतिथि कक्षलाई समेत विशेष रूपमा व्यवस्थापन गरिँदै छ। हलभित्रको प्रकाश, माइक तथा ध्वनि प्रणाली, र प्रत्यक्ष प्रसारणका लागि आवश्यक प्राविधिक पूर्वाधारहरूको सूक्ष्म परीक्षण र मर्मतसम्भार भइरहेको संसद् सचिवालयले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार