Nov 05 2026 | २०८३ कार्तिक २० गते

कांग्रेस सांसद सेन्दाङ्लाई मर्यादापालकले निकाले बैठक कक्षबाट बाहिर

कांग्रेस सांसद सेन्दाङ्लाई मर्यादापालकले निकाले बैठक कक्षबाट बाहिर

मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङ लाई प्रतिनिधिसभा बैठक कक्षबाट मर्यादापालकहरूले बाहिर निकालेको विषयले संसदमा चर्चा पाएको छ ।

    प्रतिनिधिसभा बैठकको फोटो खिचेको आरोपमा मर्यादापालकहरूले सभामुख डोल प्रसाद अर्याल को स्पष्ट आदेशबिना नै सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेको बताइएको छ ।

    images

    सांसद सेन्दाङका अनुसार आफूलाई बाहिर निकालेर मोबाइलमा खिचिएको फोटो डिलिट गर्न लगाइएको थियो । फोटो हटाएपछि मात्रै मर्यादापालकहरूले उनलाई पुनः बैठक कक्षमा प्रवेश गर्न दिएका थिए ।

    प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो वा भिडिओ खिच्न नपाउने व्यवस्था भए पनि सभामुखको रुलिङ वा निर्देशनबिना मर्यादापालकहरूले सांसदमाथि प्रत्यक्ष कारबाही गर्न नमिल्ने संसदीय अभ्यास रहेको बताइन्छ ।

    तर,उक्त घटनामा सभामुख अर्यालले सांसद सेन्दाङलाई फोटो नखिच्न कुनै औपचारिक रुलिङ नगरेको अवस्थामा नै उनलाई बाहिर निकालिएको भन्दै प्रश्न उठेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार