Nov 05 2026 | २०८३ कार्तिक २० गते

अपडेट

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले राजीनामा दिएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र बुझाएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले रातोपाटीलाई जानकारी दिए ।

    सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत ठुलो सङ्ख्यामा राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे पनि आयल निगमको नेतृत्व त्यसमा नपरेको भए पनि भट्टले आफैँ राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गरेका हुन् ।

    images

    भट्टलाई २०८० फागुन ६ गतेको मन्त्रीपरिषद्ले नियुक्त गरेको थियो। त्यसअघि २०७० मा पनि कार्यकारी निर्देशक भएर काम गरेका थिए । उनको कार्यकालमा २०७१ असोज १३ गते आयल निगमले स्वचालित मूल्य प्रणाली सुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार