Nov 05 2026 | २०८३ कार्तिक २० गते

प्रकाश अधिकारी प्रतिनिधिसभाको सचिवमा नियुक्त

प्रकाश अधिकारी प्रतिनिधिसभाको सचिवमा नियुक्त

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।

    राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सङ्खुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो ।

    images

    राष्ट्रपतिले यसअघि सभामुख डीपी अर्यालको सिफारिसमा हर्कराज राईलाई पदमुक्त गरेका थिए । उनी पदमुक्त भएसँगै राष्ट्रपतिले नयाँ नियुक्ति गरेका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार