Nov 04 2026 | २०८३ कार्तिक १९ गते

राष्ट्रिय परिचयपत्र

देशभर राष्ट्रिय परिचयपत्रको सेवा अवरुद्ध

देशभर राष्ट्रिय परिचयपत्रको सेवा अवरुद्ध

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभरको सेवा अवरुद्ध भएको जनाएको छ।

    विभागले मंगलबार एक सूचना जारी गर्दै प्रणालीको मर्मत कार्य नसकिएसम्म सेवा सुचारु हुन नसक्ने जानकारी दिएको हो।

    images

    गत वैशाख २१ गतेदेखि प्रणालीमा प्राविधिक समस्या देखिएपछि नयाँ दर्ता (इनरोलमेन्ट) गर्दा जारी हुने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न सकेको छैन। यसअघि विभागले वैशाख २३ गते नै सूचना जारी गरी मर्मत भइरहेको बताएको थियो। तर, हालसम्म पनि उक्त समस्या समाधान हुन नसकेकाले सेवा प्रभावित भइरहेको हो ।

    विभागले देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको परिचयपत्र इकाईसहित सबै केन्द्रहरूलाई पत्राचार गर्दै सेवा अवरुद्ध भएको व्यहोरा जानकारी गराएको छ।

    'प्रणालीमा देखिएको समस्याको मर्मत कार्य अझै जारी छ। मर्मत पुरा नभएसम्म नयाँ इनरोलमेन्टका कार्यहरू प्रभावित हुनेछन्,' विभागद्वारा जारी सूचनामा भनिएको छ ।

    विभागले सेवा सुचारु हुनासाथ अर्को सूचनामार्फत जानकारी गराइने बताएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार