Nov 04 2026 | २०८३ कार्तिक १९ गते

नयाँ प्रधान न्यायाधीश सिफारिस भएपछि बसेको सर्वोच्चको फुलकोर्टमा के भयो ?

नयाँ प्रधान न्यायाधीश सिफारिस भएपछि बसेको सर्वोच्चको फुलकोर्टमा के भयो ?

शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा चौथो बरियताक्रममा रहेका न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि आज बिहान सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ ।

    सर्वोच्च अदालतमा आज उपस्थित सबै न्यायाधीश सम्मिलित बैठकमा न्यायाधीशहरुले प्रधान न्यायाधीश सिफारसको विषयमा आ–आफ्नो धारणा राखेका छन् । बैठकमा उपस्थित सबैजसो न्यायाधीशले संवैधानिक परिषद् बैठकको अनपेक्षित निर्णयले राम्रो सङ्केत नगरेको धारणा राखेको स्रोतले बताएको छ ।

    images

    केही न्यायाधीशले भने सिफारिसको विषयमा अल्झन नहुने तर्क राखेका छन् । स्रोतका अनुसार बैठकमा सहभागी दुई जना न्यायाधीशले भने अहिले नै हामीले धारणा बनाउन नहुने बताएका थिए ।

    न्यायाधीशहरुको फुलकोर्टका कारण आज मुद्दाको पेसी सूची तोक्न साढे दुई घण्टा ढिला भएको छ । प्रधान न्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मा अदालतमा उपस्थित भए पनि उनी इजलास बसेनन् ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार