Nov 04 2026 | २०८३ कार्तिक १९ गते

राजनीति

रास्वपाको परिवर्तन उद्घोष सभा: बालेन सम्भावना देखाउँदै अघि बढे, रवि आलोचनामै अड्किए

रास्वपाको परिवर्तन उद्घोष सभा: बालेन सम्भावना देखाउँदै अघि बढे, रवि आलोचनामै अड्किए

मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इटहरीमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । मंगलबार रास्वपाले उक्त सभाको आयोजना गरेको हो ।

    सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गरेका थिए । भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले विकास निर्माणबारे धारणा प्रस्तुत गरे । दोहोरो संवाद गर्दै भाषण सुरु गरेका उनले भान्छामा तरकारी कताको पाक्यो ? चिया कताको पिउनुभयो ? भनेर सोध्न भ्याए । यस्तै धर्म–संस्कृतिसमेत जोडेर सवा ५ मिनेटको सम्बोधन भ्याए ।

    images

    सभापति रवि लामिछानेले भने घुमाउरो शैलीमा नेपाली कांग्रेस सभापति गगन थापा र अन्य आलोचकलाई जवाफ फर्काउनमा शब्द खर्चिए । लामिछानेले अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गरे। 

    उनले निर्माण व्यवसायीहरूलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्ने गरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिए। सभापति लामिछानेले अब कानुनअनुसार काम हुने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ नभई कानुनले नै बाँधेर काम गराइने बताए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार