Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बन्धक रिहाइ

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको कुनै पनि प्रमाण आफूहरुले फेला नपारेको जानकारी उनको परिवारलाई गराएको छ।

सोमवार, आश्विन २७ २०८२
  • काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

    हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युबारे इस्रायलले दुई वर्षपछि मात्रै औपचारिक जानकारी दिएको छ। इस्रायली अधिकारीहरूले आज अमेरिकामा रहेका विपिनकी आमा र बहिनीलाई, साथै नेपालमा रहेका आफन्त किशोर जोशीलाई सम्पर्क गरी विपिन अब जीवित नरहेको बताएका हुन्। यो जानकारी इस्रायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितमार्फत पुष्टि भएको हो।

    images

    अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ । आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।

    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई हमासले २०८० असोज २३ गते किबुज आलुमिमबाट अपहरण गरेको थियो। त्यसपछि मंसिरसम्म जीवित रहेको भिडियो सार्वजनिक भए पनि त्यसपछि उनको अवस्थाबारे इस्रायलले केही खुलाएको थिएन।  सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

    जसले धेरै प्रश्नहरू उठाएको छ।
    नेपालमा राजनीतिक विश्लेषक र जनसामान्यले प्रश्न गर्न थालेका छन्– के इस्रायललाई विपिनको मृत्यु पहिले नै थाहा थियो ?  के उनले यो जानकारी गुप्त राखी परिवारलाई दुई वर्षसम्म ‘कूटनीतिक कार्ड’का रूपमा प्रयोग गर्‍यो ?

    विपिनको परिवारलाई गत वर्ष इस्रायल लागेको थियो, अहिले उनीहरू अमेरिका पुगेका छन्। यसबीच इस्रायली सरकारले जोशी परिवारलाई ढाडस देखाए पनि सत्य लुकाएको आरोप उठ्न थालेको छ।

    नेपालका जनताका लागि यो घटना केवल एक व्यक्तिको मृत्यु होइन, विदेशमा परेका नेपालीहरूको सुरक्षा र सत्ताधारी शक्तिले मानवीय संवेदनालाई कसरी राजनीति बनाउँछ भन्ने गम्भीर उदाहरण बनेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार