Nov 04 2026 | २०८३ कार्तिक १९ गते

गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध

गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध

सोमवार, आषाढ ९ २०८२
  • गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७, ढुंगागाढे भञ्ज्याङनजिकै सडक भासिएको छ । त्योसँगै ढुंगागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

    गए राति (असार ८)को वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

    images

    उनले भने, “गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो । अहिले त चारपांग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन ।”

    512638376_24089427047319677_3325932292655183057_n.jpg
    फोटो:  शरण श्रेष्ठ 

    सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि त्यहाँबाट आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था छ ।

    सडक पूर्वाधार विकास कार्यालयले शनिबार (असार ७) देखि बाटो पुनर्निर्माणको काम सुरु गरेको थियो । तर, वर्षाका कारण निर्माण कार्या प्रभावित भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार