Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सुनको मूल्य

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँ

मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ ।

    images

    महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो ।

    यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार