Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

उडिसाका मुख्यमन्त्रीले गरे नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन आग्रह

उडिसाका मुख्यमन्त्रीले गरे नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन आग्रह

बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौँ । भारतको उडिसाका मुख्यमन्त्री मोहन चरण माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारु गर्न आग्रह गरेका छन् ।

    उनले नेपाली दूतावासका काउन्सिलर संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै सो आग्रह गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

    images

    मृतक केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिँदै उनले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने पनि आश्वासन दिए ।

    केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न उडिसाका मन्त्री मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्यसचिव मनोज आहुजाले नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरेका थिए । साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमा त्यहाँका मन्त्री सूर्यवंशी सुरजसँग फोन वार्ता गरेकी छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार