Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सडक दुर्घटना

साउदीमा सडक दुर्घटना, ३ नेपालीको मृत्य

साउदीमा सडक दुर्घटना, ३ नेपालीको मृत्य

आइतवार, माघ २० २०८१
  • काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

    दुर्घटनामा मृत्यु हुनेमा तीन नेपालीका अतिरिक्त ९ भारतीय र तीन घानाका नागरिक छन् ।

    images

    जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको र उनको त्यहाँस्थित बाइस अस्पतालमा उपचार भइरहेको छ ।

    साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ ।

    दक्षिणी बन्दराह सहर जिजानमा २६ जना कामदार बोकेर आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार