Nov 04 2026 | २०८३ कार्तिक १९ गते

मानव बेचबिखन

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

बिहिवार, माघ १० २०८१
  • काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    बर्दिया बढैयाताल गाउँपालिका- २ घर भई काठमाडौं टोखा नगरपालिका- ३ बस्ने बिनौद पौडेल पक्राउ परेका हुन् ।

    images

    एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

    मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरीको अनुरोधमा  इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

    उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई बुझाइएको शाखाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार