काठमाडौं । चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको टोली भोलिमात्रै स्वदेश फर्किने भएका छन् ।
उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार दश दिने चिन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली भोलि बुधबार मात्रै नेपाल फर्किने भएको हो । सोमबार नै नेपाल फर्किने बताइए पनि टिकट नपाउँदा भोलिमात्रै प्रर्किने सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
भ्रमणमा उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चीन गएको थियो । तर सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणले फरक राजनीतिक घटनाक्रम बनेपछि टोली सोमबार नेपाल फर्किने योजना बनाएको थियो ।



