Nov 03 2026 | २०८३ कार्तिक १८ गते

गंगापूर्ण हिमाल आरोहणका क्रममा ज्यान गुमाएका दुई जापानीको अन्त्येष्टि

गंगापूर्ण हिमाल आरोहणका क्रममा ज्यान गुमाएका दुई जापानीको अन्त्येष्टि

आइतवार, कार्तिक १६ २०८३
  • काठमाडौं । हिमाल आरोहणका क्रममा मृत्यु भएका दुई जना जापानी नागरिकको अन्त्येष्टि गरिएको छ। बौद्ध परम्पराअनुसार आइतबार उनीहरूको अन्त्येष्टि गरिएको हो।

    उनीहरूको शव मराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको थियो। टोकियोबाट मृतकका आफन्त आएपछि नेपालस्थित जापानी दूतावासको रहोवरमा पोष्टमार्टम भएको थियो।

    images

    पोष्टमार्टमपश्चात आइतबार स्वयम्भुमा उनीहरूको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा उनीहरूका आफन्त, दूतावासका प्रतिनिधि र ट्रेकिङ एजेन्सीका अधिकारीहरूको उपस्थिति थियो।

    मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएपछि जापानी नागरिक हिदे सुके टेनिसी र तेचु हासिमुदोको शव गत कात्तिक ६ गते फेला परेको थियो। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। 

    मनाङ क्षेत्रबाट गंगापूर्ण हिमाल चढेका उनीहरूको शव माछापुच्छ्रे क्षेत्रमा भेटिएको थियो। काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरू गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार