Nov 04 2026 | २०८३ कार्तिक १९ गते

मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै, आम्दानी विविधीकरणमा केन्द्रित

मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै, आम्दानी विविधीकरणमा केन्द्रित

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । धितोपत्र बजारमा मार्जिन कारोबारको दायरा बढाउन दुई ठूला ब्रोकर कम्पनीले बैंकहरूबाट ३ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएका छन्।

    दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र कलश स्टक मार्केटले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएपछि ऋण लिने बाटो खुलेको हो। ब्रोकर कमिसनमा मात्र सीमित यी कम्पनीहरूले आम्दानीको स्रोत विविधीकरण गर्न र ब्याज आम्दानी बढाउन मार्जिन कर्जालाई प्राथमिकतामा राखेका हुन्।

    images

    १५ वर्षदेखि सक्रिय दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँको अल्पकालीन ऋण सुविधाका लागि रेटिङ गराएको छ। केयर रेटिङ्स नेपालले यस कम्पनीको प्रस्तावित ऋणलाई ‘केयर–एनपी ए३’ रेटिङ प्रदान गरेको छ।

    अघिल्लो आर्थिक वर्ष ५४ अर्ब २६ करोड रुपैयाँको कारोबार गरेको यस ब्रोकरको नेटवर्थ ५० करोड ३० लाख रुपैयाँ छ। ऋणको भार न्यून रहेकाले कम्पनीले थप लगानीका लागि बलियो आधार तयार पारेको देखिन्छ।

    त्यस्तै अर्को उदाउँदो ब्रोकर कलश स्टक मार्केटले १ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ। केयर रेटिङ्स नेपालबाट ‘केयर–एनपी ए४ प्लस’ रेटिङ पाएको यस कम्पनीले ग्राहक संख्या १७ हजार ३ सय ४० पुर्‍याएको छ।

    कम्पनीले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर आफ्ना ग्राहकलाई प्रिमियम दरमा मार्जिन सुविधा दिने रणनीति लिएको छ। स्टक एक्सचेन्जबाट मार्जिन कर्जा प्रवाहको स्वीकृति पाइसकेको कलशको आम्दानीमा हाल ब्रोकर कमिसनको हिस्सा ९६ प्रतिशत छ।

    नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नीतिमार्फत देखाएको लचकताका कारण ब्रोकरहरू मार्जिन सेवातर्फ आकर्षित भएका हुन्। राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार १ सय प्रतिशतमा झारेपछि बैंकहरूलाई ब्रोकरमार्फत कर्जा प्रवाह गर्न सहज भएको छ।

    आगामी दिनमा सर्ट सेलिङ, इन्ट्राडे कारोबार र गैरआवासीय नेपालीको प्रवेशले बजारमा मार्जिन कर्जाको माग झनै बढाउने आँकलन छ। यद्यपि बजारको तीव्र उतारचढावले कमिसन र ब्याज आम्दानी दुवै प्रभावित पार्न सक्ने भएकाले कर्जा जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार